जनकपुर / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारले मुलुकबाट संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
उनले ओली सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिने काम गरेको पनि बताए ।
कोरोना महामारीले मुलुक थलिएको छ । यस्तो बेला जनताको स्वास्थ्यको ख्याल राख्नुपर्ने सरकारले राजनीति चलखेल गरिरहेका छन्,’ मंगलबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता यादवले भने, ‘संघीयता र गणतन्त्रसँग खेलवाड गर्न खोजे सरकार विरुद्ध सबै मोर्चामा लड्न तयार छौं ।’
उनले जनताको जिउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको समेत बताए ।





















