काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोरोना नियन्त्रणमा सरकार असफल भएको बताएको छ। अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच मंगलबार बसेको बैठकले सरकार कोरोना नियन्त्रणमा असफल भएको निष्कर्ष निकालेको हो।
सरकार कोरोना नियन्त्रणमा असफल भएर भ्रष्टाचारका लिप्त भएको विषयलाई लिएर सरकारविरुद्ध जनसंघर्ष गर्नेबारे पनि छलफल भएको अध्यक्ष थापाले जनाएका छन्।
देशको राजनीतिक अवस्था र पार्टी संगठनको समीक्षा गर्दै पार्टीको भावी कार्यक्रमबारे पनि छलफल भएको उनले बताए। स्थानीय तहमा पार्टी समायोजनलाई तीव्रता दिने पनि पार्टीले निर्णय गरेको उनले बताए।





















