रोई सकेपछी आँसु पुछी दिने,हात चाहीँदैन।
टुटी सकेको मन् लाई फकाउँने रात चाहिँदैन।।
अन्तर आत्मा देखिनै सँधै, म मायाँ गरिरहन्छु।
मलाई सुगन्ध दिने कुनै,पारिजात चाहिँदैन।।
बरु म एकछाक खाएर बस्छु, पुग्छ मायाँ भए।
सँधै मलाई फेन्सी लुगा फाटाको खात चाहिँदैन।।
पानी पिएर पनि बस्न सक्छु,केही नहुँदा पनि।
अङ्गालो भरी मायाँ देउ,मासु र भात चाहिँदैन।।
तिमीले साथ दिएमा आफु भाग्यमानी ठान्छु।
तेत्तीभए पुग्छ मलाई,कसैको साथ चाहिँदैन।।
गजलकार लक्ष्मी श्रेष्ठ
सुदूर पुर्ब झापा
बिर्तामोड





















