काठमाडौँ / प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षका तीन नेतालाई बालुवाटार बोलाएर भेटवार्ता गरेका छन् ।
नेपाल सहित नेता भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएर प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन् । यस अघि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड सहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको अर्को दिन माधव पक्षका नेतालाई बोलाएर ओलीले भेटवार्ता गरेका हुन् ।
यस अघि कार्तिक ५ र ११ मा प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए । नेपालले लगातार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गर्दै आएका थिए ।





















