काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ५ सचिवालय सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर नेकपा नेताहरुले प्रधामन्त्री ओलीलाई तत्काल बैठक बोलाउँन लिखित माग गरेका छन्।
अध्यक्ष पुष्पकमल दाहाल सहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका थिए। नेताहरुले ओली समक्ष तत्काल पार्टी कमिटीका बैठकहरु राख्न लिखित रुपमै आग्रह गरेका थिए। दुई दिनभित्र सचिवालय बैठक राख्न बहुमत सदस्यले माग गरे पनि प्रधानमन्त्री ओलीले यस बारे कुनै जवाफ नदिएको बताइएको छ।
नेकपा भित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष प्रचण्डले बोलाएको शुक्रबारको बैठकले प्रम ओलीलाई भेटेर लिखित आग्रह गर्ने निर्णय गरेको थियो।
बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलका क्रममा
पार्टी एकता रक्षा गर्नका लागि पनि समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले प्रधानमन्त्रीलाई लिखित जानकारी गराइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बैठक बोलाउने बारे केही नबताएको जानकारी दिए । ५ नेता एक दुई दिनभित्र नै बैठक बोलाएर समस्याको हल खोजिनुपर्नेमा एकमत देखिएका छन् ।





















