काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच झण्डै तीन घण्टा भएको छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल विनानिष्कर्ष सकिएको बताइएको छ ।
नेकपा सरकारले पार्टी अध्यक्ष प्रचण्ड सँग सल्लाह नै नगरी गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमन समेतलाई लिएर विवाद हुँदै आएको छ ।
बालुवाटारमा अध्यक्षद्वय बीच सोही विषयमा छलफल भएको भए पनि कुनै सहमति हुन नसकेको हो।





















