काठमाडौं / नेकपा अध्यक्ष दाहालसँग दुरी बढेपछि प्रधानमन्त्री ओलीले गत साउन ९ गते पछि पहिलो पटक कात्तिक ४ गते बालुवाटारमा बोलाएर छलफल गरेका छन्। त्यस लगत्तै प्रधानमन्त्री ओलीले नेपाललाई बालुवाटारमा बोलाएर मंगलबार पनि छलफल गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफु विरुद्ध पार्टी भित्रबाट मोर्चा बन्दी सुरु भएपछि वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध सुधार्ने प्रयास गरेका छन्। प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असहमति बढेपछि नेता नेपालसँग सहकार्यको हात अघि बढाउन खोजेका हुन्। तर नेपालले ओलीको कुरालाई खासै विस्वास गरेका छैनन् ।
नेकपाभित्रको लामो शक्ति संघर्ष साम्य भए लगत्तै प्रधानमन्त्री ओलीको कार्यशैलीबाट पार्टी भित्र फेरि विवाद उत्पन्न भएको छ। राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना र भारतीय जासुस संस्था रअका प्रमुख सामन्त कुमार गोयल सँगको भेटवार्तापछि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ।
प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालसँगको दूरी बढेपछि नेता नेपाललाई फकाउन थालेका छन्। तर, नेता नेपाल पार्टी एकता पूर्वबाटै ओलीको कार्यशैलीबाट रुष्ट भइरहेकाले ओलीसँगको सहकार्यमा जान नसक्ने उनले बताइरहेका छन्।





















