काठमाडौं / संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २१ गते (शुक्रबार)देखि शुरु हुने भएको छ ।
यसअघि गत असोज १९ गते (सोमबार)देखि शुरु हुने भनिएको केन्द्रीय समिति बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थगित भएको थियो ।
पछि असोज २५ गते देखि शुरु हुने भनिएको बैठक पनि अनिश्चित समयका लागि स्थगित भएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले अब कात्तिक २१ गतेदेखि बैठक शुरु हुने जानकारी दिएका छन् ।
केन्द्रीय समिति बैठकमा पार्टीको आगामी (१४ औं) महाधिवेशनको तयारीका सन्दर्भमा छलफल हुने जनाइएको छ ।





















