काठमाडौं / चर्चित टिभी प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण भएको छ।
लामिछानेले मंगलबारबाट हल्का ज्वरो आएकोले पिसिआर परिक्षण गर्दा आफु र आफ्नी पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको फेसबुक स्टाटस मार्फत जानकारी दिएका छन् । दुवैको स्वास्थ्य सामान्य रहेको उनले बताएका छन् ।
हेर्नुस् रविको फेसबुक स्टाटसः
गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो एऋच् टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्ध अबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।





















