चितवन / लियो क्लब अफ भरतपुर युथ र जेपी युवा क्लव राप्ती ५ भण्डाराको संयुक्त आयोजनामा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच राप्ती नगरपालिका ११ जिम्लिङका २० विपन्न परिवारलाई प्रति परिवार एक बोरा चामलसहित तेल, नुन, मसला, दाल सहयोग गरिएको हो ।
खाद्यान्न समाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका एरिया चिफ लियो पुरुषोत्तम सुवेदी, विशिष्ट अतिथि राप्ती नगरपालिका ११ का कार्यवाहक वडाध्यक्ष कृष्णबहादुर लामा, हाम्रो राप्ती एफएम ८८.५ का समाचार प्रमुख दिनेश बिसुन्के, संयुक्त युवा क्लब राप्ती ११ का प्रतिनिधि, बन समितिका अध्यक्ष , जनआवाज अनलाइनका संवादाता लगायत स्थानीयहरु अगुवाहरुको उपस्थिति रहेको थियो ।






















