काठमाडौं / गएको २४ घण्टामा देशभर ३७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिक सम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर ३५ सय ६४ संक्रमित कोरोनामुक्त भएका छन्। कोरोना मुक्त हुनेहरूको यो दर ६९ दशमलव ४ प्रतिशत हुन आउँछ। हालसम्म कुल ८४ हजार ५१८ जनाले कोरोना जितेका छन्
नेपालमा हाल ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन्। आज १२ जार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २४ हजार १९४ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा १६ हजार ७९८ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।





















