चितवन / मकवानपुर हेटौंडाकी सुस्मिता थापाको आत्मा शान्तिको कामना गर्दै चितवनमा दिप प्रज्वलन गरिएको छ । मेची महाकाली बुहारी संयूक्त आवाज चितवनले भरतपुरको चौविस कोठिमा सुस्मिताको आत्माको चिर शान्ति र न्यायको कामना गर्दै शान्तिपूर्ण प्रदर्शनी तथा दिप प्रज्वलन गरेको हो ।
सुस्मिता स्वःश्रीमानको ६ महिनामा गर्नुपर्ने कामका लागी माईतबाट घर आएकी थिईन । ६ महिना अधि सडक दुर्घटना परि उनको श्रीमानको निधन भएको थियो । मृत्यु पश्चातको सस्कारमा संलग्न हुन माइतबाट घर आएकी सुस्मिता असार २ गते घरको भान्साकोठामा मृत अवस्थामा फेला परेकी थिईन ।
सुरुमा सुस्मिताले आत्महत्या गरेको घरपरिवारले बताए पनि शव हेर्दा हत्या गरेको आशंका गरिएको थियो । सोही अनुसार शवको अनुसन्धान गर्दा लोहोराले हानेर हत्या गरेको खुलेको मकवानपुर प्रहरीले जानकारी दिदै आएको छ । पोष्टमार्टम रिपोर्टका अनुसार सुस्मिताको टाउकोको पछिल्लो भागमा गहिरोे चोट लागेको, आँखासमेत फुटेको तथा उनको घाँटी र अन्य भागमा समेत चोट देखिएको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका ४ गर्दोही सूर्यचोककी सुस्मिताको हत्या काण्डमा उनका ससुरा र नन्द सीताको संलग्नता रहेको आधार भेटिएको प्रहरीले जनाएको छ । तर, अझै यस बारे ठोस प्रमाणको पुष्टी हुन बांकी रहेको छ । यसरी ज्यान गुमाएकी सुस्मिताको सम्झनामा चितवनका महिलाहरुले दिप प्रज्वलन गरेका हुन । दिप प्रज्वलनमा सहभागी भएका सबै महिलाहरुले सुस्मिता र उनका आमा बुबालाई छिटो भन्दा छिटो न्यायको अनुभुति हुनुपर्ने माग राखेका छन ।
घरपरिवारले हत्या गरिएकी सुस्मिताको न्यायका लागि चितवनमा दिप प्रज्वलन
घरपरिवारले हत्या गरिएकी सुस्मिताको न्यायका लागि चितवनमा दिप प्रज्वलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















