धनकुटा / मध्यराती घरको ढोका फुटाएर बलात्कार प्रयास गर्ने पुरुषको हत्या भएकाे छ ।धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा ३० बर्षीया कमला गुरुङले आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी हुन् ।
घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् ।
लील बहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।
महिलाले आफुलाई बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको बताएकी छिन् । उनले राती करिब १० बजे घरको ढोका फुटाएर आफु माथि बलात्कार प्रयास गरेपछि प्रतिकारमा खुकुरी प्रहार गरेको कमलाले बयान दिएकी छन् ।
हाम्रो प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको छ ।मृतकको शवलाई पनि पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएकाे छ । महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीेले बताएकाे छ ।
कमलाको भनाई उदृत गर्दै स्थानीय हस्तबहादुर मगरले दिएको जानकारी अनुसार राती कमलाको घरमा गएर लीलबहादुरले घरको ढोका ढकढकाएर खोल्न आग्रह गरे । भित्रबाट नखोलेपछि बाहिरबाटै ठेलेर चुकुल उक्काई भित्र पसेर लीलबहादुरले कमलामाथि बलात्कार प्रयास गरे ।सोही क्रममा खुकुरी भेटेर हानेको कमलाले बयान दिएकी थिइन ।
खुकुरी प्रहारपछि लीलबहादुर भागेका थिए । टाउकोमा गंभीर चोट लागेका उनको बिहान स्थानीय लाहुरे खोल्सीमा शव फेला परेको थियाे ।





















