सर्लाही / सर्लाही सदरमुकाम मलंगवामा नेपाली कांग्रेस कार्यकर्ता तथा सुरक्षाकर्मीबीच दोहोरो झडप हुँदा ४७ जना घाईते भएका छन् ।
आज दिउँसो सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा नेपाली कांगे्स सर्लाहीले रामनगर गाउँपालिका वडा नं. ७ बस्ने महेन्द्र रामको हत्यारालाई कार्वाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शन गर्ने क्रममा नेपाली कांग्रेस कार्यकर्ता र प्रहरी बिच झडप हुँदा झडपमा परी १ जना पत्रकार, २४ जना नेपाली कांग्रेसका कार्यकर्ता तथा प्रहरी नायव उपरीक्षक(डिएसपी) सहित २२ जना प्रहरी घाईते भएका थिए । झडपमा परी आन्दोलन गर्न गएकी बरहथवा नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी ७० वर्षीया अनुखिया देवीको ढाड भाँचीएर गम्भीर घाइते भएकी छिन् ।
त्यस्तै झडपमा रामनगर गाउँपालिका वडा नं. ७ बस्ने अन्दाजी ६५ वर्षीया किरणीया देवी र सोमरीया देवी मृत्क महेन्द्र रामको भाइ जदुनन्दन राम गरी ४ जना गम्भिर घाइते भएका छन् । गम्भीर घाइते मध्ये ७० वर्षीया वृद्धा अनुखिया, ६५ वर्षीय किरिणीया र सोमरीयकाको मलंगवामा अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि बिरगंज तर्फ पठाइएको सर्लाही क्षेत्र नं. ४ का प्रदेश नं. २ का प्रदेश सभा सदस्य विरेन्द्र सिंहले जानकारी दिए । बाँकी अन्य घाईतेहरु मध्ये केहिको मलंगवा अस्पतालमा उपचार भैरहेको छ भने केहि प्राथमिक उपचार पश्चात घर फर्किसकेका छन् ।
त्यस्तै झडपमा नै परी समाचार संकलन गर्न गएका १ जना एभिन्युज टेलिभिजनका सांवददाता बख्तियार अलि, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुवँर, ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उद्धाव भाट, ईलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक विक्रम साह, इन्सपेकटर, रबि भुषण यादव लगायत प्रहरी जवान गरी २२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।





















