काठमाडौं / बितेको २४ घण्टामा देशभर २६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिक सम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा . जागेश्वर गौतमले जनाए अनुसार आज देशभर २ हजार १७४ संक्रमित कोरोना मुक्त भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ३ कोभिड-१९ का संक्रमित थपिएका छन्। काठमाडौंमा ९ सय ९६ सय, ललितपुरमा ३ सय ५ र भक्तपुरमा १ सय २ थपिएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा गौतमले जानकारी दिए।
उपत्यकामा कुल संक्रमितको संख्या ४७ हजार ६ सय ४ पुगेको छ।
नेपालमा हाल ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २१ हजार ५४८ जना होम आइसोलेसनमा छन्।पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।





















