चितवन / भरतपुर महानगरपालिका २ क्षेत्रपुरस्थिति नारायणी लिफ्ट सिंचाइको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका २ आँपटारी निवासी १५ वर्षीय दिनेश मल्ल ठकुरीको हिजो बिहीबार दिउँसो ४ः३० बजे मृत्यु भएको हो । नहरमा पौडी खेल्न गएका बालकको बालुवामा टाउको गडेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
परिवार स्रोतका अनुसार मृतक आफ्ना बुवाआमा एक्ला छोरा हुन् । उनका बुवा अपाङ्ग छन् । आर्थिक अवस्था निकै दयनीय भएको सो परिवारमा क्रिया खर्च जुटाउन पनि मुस्किल परेको मृतकका छिमेकीले निशा पौडेलले जानकारी दिइन् ।





















