चितवन / भरतपुर अस्पतालमा उपचाररत अर्को कोरानाका कारण मुत्यु भएका कैलालीका एक पुरुषको शव नेपाली सेनाको कालिवहादुर गणले व्यवस्थापन गरेको छ । कोरोना संक्रमणको पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आईसोलेसनमा राखि उपचार गरिएकोमा आज बिहान ९ वजे मृत्यु भएको हो ।
नेपाली सेनाको ९ जना, चितवन प्रहरीका प्रहरी निरीक्षक देवराज पौडेल, टाफिक प्रहरी प्रमुख दयाकृष्ण भटट्, वडा प्रहरीका प्रहरी निरीक्षक रविनबाबु रेग्मी सहितका टोलीको रोहबरमा मृतकका भाई समेतको उपस्थितीमा खाल्डोमा शव गाडेर व्यवस्थापन गरिएको हो ।
सो अवसरमा शव व्यवस्थापन खटिएका सेनाले सलामी समेत अर्पण गरेका थिए । कैलालीको लालगढ नगरपालिका वडा नम्बर ७ गोदावरीका उनी उपचारका शिलशिलामा भारत गएका थिए । क्यान्सरको उपचारका लागि भारत गएका उनी फर्कीएर आउने क्रममा स्वास्थ्यमा समस्या देखि पछि चितवन मेडीकल कलेजमा उपचारका लागि ल्याईएको थियो । उपचारका क्रममा उनको स्वाब परिक्षण गरिएको थियो ।

भरतपुर कोभिड १९ प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसंगै भरतपुर अस्पताल रिफर गरिएका उनको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट मृत्यु भएका भरतपुर महानगरपालिका वडा नम्बर ११ का बृद्धको शब ने सोमबार कोरोना पुष्टि भई आज बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ६८ वर्षिय वृद्धाको शब भरतपुर महानगरपालिका वडा नम्बर १ बागेश्वरी वन क्षेत्रमा व्यवस्थापन गरिएको हो ।





















