चितवन / चितवनको भरतपुर १० स्थित हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले गत आइतबार बाट संस्थाको ११ औं बार्षिक साधारण सभा गरेको छ ।
कोभीड – १९ को विषम परिस्थितिमा संस्थाको निर्देशिका एवं कार्यविधिमा रहेर असोज २५ गते बाट ३० गते सम्म साधारण सभा गर्न शुरु गरिएको संस्थाका अध्यक्ष सुदिप रेग्मीले बताए । सदस्यहरुको सुरक्षालाई ध्यानमा राखेर सदस्यहरुकै लगानीमा निर्माणाधिन तारापुञ्ज रिसोर्टमा दैनिक थोरै सदस्यहरु उपस्थित गराएर साधारण सभा गर्न लागिएको रेग्मीले बताए ।

साधारण सभा लाई ब्यबस्थित गर्न सदस्यहरु लाई वडा अनुसार आमन्त्रण गरिएको र सुरक्षा विधि अपनाएर मात्र यहि भाद्र २६ गते सम्म सदस्य हुनुभएका सदस्यहरु कार्यक्रममा सहभागी हुन सकिने अध्यक्ष रेग्मीको भनाइ छ ।
कार्यक्रममा आफू बसेको वडा तालिका अनुसार दैनिक बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म कार्यक्रम स्थलमा सहभागी भै हाजिर गरि संस्थाले जारी गरेको विभिन्न प्रतिबेदन लैजान सकिने जनाइएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष , सचिब र कोषध्यक्षको प्रतिबेदन , बार्षिक प्रगती तथा आय( ब्यय प्रतिबेदन , लेखा समितिको प्रतिबेदन , लेखा परिक्षण प्रतिबेदन , लेखा परिक्षण अनुमोदन र चालू आर्थिक बर्षमा लेखा परिक्षण नियुक्ति र पारिश्रर्मिक निर्धारण र सचिब बाट संस्थाको कार्य योजना तथा बजेट प्रतिबेदन लगायत पेश गरिने सहकारीका प्रबन्धक कृष्ण शर्मा वस्तीले बताए ।
कार्यक्रमका विषयमा सुझाव संकलनका लागि साधारण सभा सकिएको ३ दिन भित्र राय सुझाब दिन सकिने ब्यबस्था मिलाइएको प्रबन्धक वस्तीले बताए ।
तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थामा हाल कुलपुजी करिब ६० करोड र १ हजार ६ सय शेयर सदस्य आवद्ध रहेको सस्थाका सचिव रेगन पन्तले जानकारी दिए ।
























