गोरखा / नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा का एक कार्यकर्ता गोरखाबाट पक्राउ परेका छन् ।
सो समूहका जिल्ला सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष चीनकाजी विक सिरानचोक गाउँपालिका ३ हर्मी स्थित आफ्नै घरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
गोरखाका सिरानचोक, पालुङटार, गण्डकी लगायतका गाउँपालिकाहरुमा चन्दा माग्ने लगायतका अवैध गतिविधि सञ्चालन गरेको उनी माथि आरोप छ ।करिब ३५ बर्षका विकलाई गत शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।





















