काठमाडौं / कोरोना भाइरसबाट संक्रमित सांसद शान्ता चौधरीलाई आइसियुमा सारिएको छ ।
वीर अस्पतालको साधारण वार्डमा उपचाररत चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गए राति आइसियुमा सारिएको उनको सचिवालयले जनाएको छ ।
दमले च्यापिरहेकै बेला उनलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।





















