चितवन / पुर्वी चितवन साहित्य समाजद्धारा कल्याणकारी सेवा प्रतिष्ठान बाट सञ्चालित श्री रामजानकी बालिका आश्रम देवघाटमालाई सहयोग गर्यो । समाजले दाल ,चामल नून लगाएतका खाध्यन्न खानेकुराहरु अध्यक्ष लिला दाहाल अधिकारी मार्फत सहयोग गरेको छ । अध्यक्ष लिला दाहालले नानीबाब ुलाई सेवा गर्न पाउँदा धेरै खुसि भएको कुरा व्यक्त गर्नु भएको थियो ।
यसरी पुर्वी चितवन साहित्य समाजले सहयोग गर्दा नानी बाबुहरु अति खुसि भएका थिए । उनीहरुलाई पालन पोषण गरेर सेवा गर्ने त्यस राम जानकी आश्रमका संरक्षण आमा र मामा बनी हेरचाह गर्नुभएको रहेछ त्यस आश्रयमा ३५ जना नानीहरु रहेछन् र आश्रममा ६ महिना देखिको बच्चालाई पढाउने र पछि ठुलो भएपछि नानीबाबुको इच्छा अनुसार विवाह गरेर पछि पढाउने लक्ष्य रहेछ उनलाई सहयोग गर्ने सहयोग दादा र संरक्षकलाई उनिहरुले माइती मानेर आमा र मामा भन्ने रहेछन् त्यहाँ गएर सहयोग गर्न पाउँदा अति खुसि लाग्यो र त्यहाँको कारुणिक दृश्य देख्दा अति दुख लागेको समाजका सदस्य मिरा बरालले बताउनु भयो ।

यस्तै श्री रामजानकी बालिका आश्रम देवघाट परिवारले सहयोगी मन भएका पुर्वी चितवन साहित्य समाजलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।






















