काठमाडौं / प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकमा सामाजिक सञ्जाल टिकटक सहित विभिन्न भिडियो बनाउन नपाउने बताएका छन् ।
प्रहरी कार्यालयले सामाजिक सञ्जाल टिकटक सहित विभिन्न चलचित्र, टेलिचलचित्र, सर्टमूभि, सांगितिक भिडियो, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भएको पाइएको भन्दै यस्ता कुरामा बन्देज लगाउन निर्देशन गरेको हो ।
प्रहरी प्रवक्ता कुवेर कडायतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी पोशाक दुरुपयोग भएको पाइए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका छन् ।
कसैलाई पोशाकको प्रयोग गर्नैपर्ने भएमा प्रहरी प्रधान कार्यालयबाट स्वीकृति लिनुपर्ने कडायतले जानकारी दिए ।





















