बुटवल / नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका छन्।
यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघ संस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य छन्।
उनीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गर्दे बुटवल हरेक दृष्टिकोणले पायक पर्ने भएपनि पार्टीले गतल निर्णय गरेको अरोप लगाउँदै उनीहरुले पार्टी सदस्यबाट राजीनामा बुझाउने घोषणा गरेका छन् ।
उनीहरुले राजधानी प्रस्ताव फिर्ता नदिए पार्टीमा बस्नुको कुनै तुक नभएको बताए । गृहकार्य बिना एकलौटी रुपमा राजधानीको बिषयमा निर्णय गरेको उनीहरुको आरोप छ ।
राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन्।





















