काठमाडाैं / पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गाैतमले बताए अनुसार आज १ हजार १ सय ३३ संक्रमित कोरोनामुक्त भएका छन्।
पछिल्ला दिनहरुमा देशभर निरन्तर संक्रमित संख्या बढ्दै गएका छन् भने क्वारेन्टाइनमा बस्नेको संख्या भने घटिरहेका छन्। अहिले देशभरका क्वारेन्टाइनमा ४ हजार ३३ संक्रमित छन्। हाल देशभर सक्रिय संक्रमित संख्या २३ हजार ५ सय ७ छ। त्यस्तै आजको पिसिआर १३ हजार ७ सय ८१ भएको प्रवक्ता गाैतमले बताए।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने महिलाहरू पर्सा १, काठमाडौं ३ र गोरखा १ जना छन्। कोरोनाबाट ज्यान गुमाउने पुरुष सुनसरी १, सर्लाही २, काठमाडौं ६, ललितपुर ३, चितवन जिल्लाको १ रहेका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।





















