अन्तिम पटक प्रेममा मलाइ नयाँ रहर लागेको छ
तिमिलाइ पराइ बनाउनुपर्ने ठुलो कर लागेको छ,
फुलले दिएको मिठो सुवास ! केही क्षणका लागि रहन्छ
अल्लि समय चोट दिने काँडाको भर लागेको छ,
प्रेम दिन नसकेर सायद ! दिएको हुन सक्छ नफ्रत तिमिले
केही असर गर्दैन मलाइ पहिल्यै जहर लागेको छ,
कुनै गुनासो छैन तिमि प्रति ! मेरो हुन सकेनौ भनेर
अर्कैको अङ्गालोमा देखिन्छौ भन्ने ! निकै डर लागेको छ,
बल्ल बुझे तिम्रो मेरो कस्तो अनौठो रहेछ सम्बन्ध ,
कहिल्यै भेट्टिन छुट्टिन नसकिने ! नदिको बगर लागेको छ।
अतीत आचार्य
देवचुलि (१३ नवलपरासि)





















