बुटवल / आज दिउँसो प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका छन् ।
काठमाडौबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहमा कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।ढुंगामुढा गर्दा स्कटिङसहितको गाडीको सिसा फुटेको छ । ढुंगामुढा प्रहार भए लगत्तै प्रहरीले हवाइ फायर समेत गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
प्रहरीले ढुंगामुढा गर्ने एक दर्जन कार्यकर्तालाई पक्राउ समेत गरेको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन् ।
























