काठमाडौं / प्रधानमन्त्रीको सचिवालयमा पहिलो पटक कोरोना पुष्टि भएको बाहिरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको हाे । शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापा आफैंले जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’





















