काठमाडौं / नेपाल आउने विदेशी पर्यटकले सात दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने भएको छ। सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गरेर अनिवार्य सात क्वारेन्टाइन बस्नुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमल भट्टराईले जानकारी दिए।
अक्टोबर १ देखि नेपाल आउने पर्यटकले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने उनले जानकारी दिए। उनले भने,’ पदयात्रा र हिमाल आरोहण गर्न आउने पर्यटकलाई मात्र खुला गरिएको छ। सामान्य अवस्थामा घुम्न आउनेलाई अहिले अनुमति दिएको छैन।
नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडि सम्मको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ। यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समय सम्मको लागि हुनेछ।नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजात समेत अनिवार्य गरिएको छ।
कम्तीमा सात दिन क्वारेन्टाइन बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गर्नुपर्छ। त्यसको कागजातसमेत त्यही समयमा देखाउनुपर्ने भएको छ।





















