चितवन/ चितवनको रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन कोरोना मुक्त भएका छन । १५ दिन होम आइसोलेनमा बसरै नगर प्रमुख वन कोरोना जित्न सफल भएका हुन ।
उनको सोमवार भरतपुर स्थित कोभिड प्रयोगशालामा गरिएको दोश्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । नगरबासीलाई कोरोना संक्रमणबाट जोगाउन सक्रिय रहेका वनलाई असोज १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
होम आइसोलेसनमा रहेका मेयर वनले आयुर्वेद र सामान्य हेमोपेथिक औषधिको सेवन गरेर कोरोना जितेका हुन । रत्ननगर अस्पतालमा स्वाव दिँदा कोरोना संग मिल्दो जुल्दो लक्ष्यण रहेका मेयर वनको होम आइसोलेनमा बस्दा स्वास्थ्य अबस्था सामान्य बनेको थियो ।
घरमै बसेर कोरोनालाई जित्न सफल भएको छु उनले भने तर कोरोनालाई सामान्य रुपमा लिनु हुदैन । मेयर वनले आफ्नो स्वास्थ्य लाभको कामना गर्नु सबैप्रति आभार प्रकट गरेका छन ।





















