नबिन बाबु मरहट्टा
पशुपालनको लागि दैनिक आवश्यक पर्ने घाँस खेतिका लागि विऊ तथा विरुवा उत्पादन गरेर बिक्रि गरेर सावित्री ढकालल लाखौ आम्दानी गर्ने गरेकी छिन् । हाम्रो जस्तो कृषि प्रधान देशमा घाँस खेतिबाट पनि वार्षिक मनग्य आम्दानी गर्न सफल उद्यमीको रुपमा चिर परिचित भएकी छन् , चितवनको भरतपुर ८ गौरीगञ्ज अभियान टोलमा बस्दै आएकी सावित्री ढकालले खेति योग्य जमीन बाँझो राखेर शहर पस्ने वा रोजगारीको लागि विदेश पलायन हुने युवा भन्दा फरक रुपमा आफूलाई प्रस्तुत गराएकी छन् ।
उनले २०७० सालबाट ४ वटा नेपियरको डाँठबाट शुरु गरेको घाँस खेति अहिले चितवन घाँस श्रोत केन्द्रको नामाकरण गरी आफ्नो व्यावसायलाई अगाडी बढाएकी छन् । उनले ३० कठ्ठा क्षेत्रफलमा विभिन्न जातका सुपर नेपियर , सुम्वा सेटेरीया , पास पालम , मुलाटो , मेनोदोला , किम्बु , इन्दु , भटमास लगायत १२ जातका बहुबर्षीय घाँस र तिनका विऊ र विरुवा उत्पादन गर्ने र सरल मूल्यमा विक्रि वितरण गर्ने गरेकी छन् । यसरी उनले उक्त घाँसबाट बार्षीक लगभग १२ लाख रुपैयाँ जति आम्दानी गर्ने गरेकी छन् ।

पशुलाई अति आवश्यक पर्ने हरियो घाँसलाई यस श्रोत केन्द्रले विभिन्न किसिमका विऊ विरुवा साथै आवश्यक परेमा घाँस समेत विक्रि वितरण गर्ने लक्ष्य लिई यस व्यवसाय अगाडी बढेको छ । पशुपालनको ७० प्रतिशत लागत खर्च आहारमा छ । किसानहरुले दाना चोकरको मात्र प्रयोग गर्ने भएकोले लागत बढी परि आम्दानी कम हुने गरेको उनी बताउँछिन् । त्यसकारण घाँसलाई १२ महिनै कोसे र अकोशे लाई उत्पादन गरेर व्यावस्थापन गर्न सकियो भने उत्पादन लागत घटाई आम्दानी वृद्धि गरी पशुपालनबाट अत्याधिक मूनाफा लिन सकिने र वार्षिक घाँसेवाली तालीका बनाएर घाँस खेति गरियो भने पशुलाई ताजा पोषण युक्त्त आहार उपलब्ध हुने उनको भनाई छ ।
यहाँ सुपथ मूल्यमा १ रुपयाँ देखि ५ रुपयाँ सम्मका घाँसका विरुवा पाईने भएकाले देशैभरीका विभिन्न प्रदेश र स्थानिय तहका कृषक सहकारी र गैर सहकारी सघ सस्थाहरु घाँसको विऊ र विरुवाको खोजि गदै चितवन घाँस श्रोत केन्द्र मा कृषकहरु आईपुग्ने गरेको उहाँको भनाई छ ।





















