चितवन / राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चितवनका पूर्वअध्यक्ष प्रेमकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाइएको छ ।
पार्टीका जिल्ला सहसचिव गुणलाल थिङद्वारा जारी विज्ञप्तिमा पार्टीको केन्द्रबाट अनुमति लिई जिल्ला समितिको हिजो शुक्रबारको बैठकले श्रेष्ठलाई कारबाही गरिएको जनाइएको छ ।
राजपा चितवनद्वारा जारी विज्ञप्तिमा पार्टीका नेताहरुको बिरोध गर्दै पार्टी अनुशासन बिपरित पूर्वअध्यक्ष श्रेष्ठ हिडेकोले उनलाई कारबाही गरिएको बताइएको छ ।





















