चितवन / कोरोना र लकडाउनका कारण समाजमा कोहि पनि भोकै बस्नु पर्ने दिन नआओस् भन्ने उदेश्यको साथ गत जेठ १० बाट सुरु गरिएको दुखको साथी अभियानले आज एघारौ पटक सहयोग गरेको छ ।
आज आश्विन १० गते दुखको साथी अभियान द्वारा गर्भवती महिलालाई आर्थिक सहयोग गरेको छ । श्रीमानको स्वस्थ्य अवस्था कमजोर भएपछि आर्थिक अवस्था कमजोर कारण खानमा अभाव हुन थाले पछि दुखको साथी अभियानको संयोजक देविका कुँवरलाई दरबार चोक टोल विकास संस्थाको अध्यक्ष जमुना परियार ज्युले खबर गर्नु भएको थियो र उहाँको टिम मिलेर उक्त गर्भवती महिलालाई खाद्यान्न सहयोग गरेको छ ।
खाद्यान्न हस्तान्तरण गर्नको लागि संस्थाको उपाध्यक्ष अम्बिका लामिछाने र सचिव रेखा भट्टराई पुग्नु भएको थियो। दुखको साथी अभियानको कार्य समिति सबैको योगदानमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।