चितवन /भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा चितवनका ५० सहित ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार गरिएको परिक्षणमा चितवनका ५० सहित ६५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका १३ महिला र १४ पुरुष गरि २७, रत्ननगरका २ महिला र ७ पुरुष गरि ९ जना, कालिकाका १ पुरुष ,खैरहनिका ९ पुरुष र २ महिला गरि ११ जना , र राप्तीका १ महिला १ पुरुष रहेका छन।
यस्तै गैडाकोटका १ महिला र ३ पुरुष ,कावासोतिका १ पुरुष ,मकवानपुरका ५ पुरुष ,बाराका २ पुरुष १ महिला र बाके र पर्साका १र१ पुरुष समेत ६५ जना संक्रमित भएका हुन।
यस्तै संक्रमितहरु २० बर्ष देखि ७४ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ।
सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका ३६४ नमुनाको परिक्षण गर्दा २९९ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ६५ जनाको पोजेटिभ आएको अस्पतालले जनाएको छ।
आजै सिएमसीको कोभिड–१९ प्रयोगशालामा चितवनका १२६ सहित १४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।





















