चितवन / कम्युनिष्ट पार्टीका चितवनका संस्थापक नेता जगत बहादुर श्रेष्ठको निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत उनको बिहीबार अपरान्ह सवा ४ बजे ९२ बर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी विचार निष्ठा र आदर्शको धरोहरका रुपमा रहेका थिए ।
श्रेष्ठ पछिल्लो समय बैध नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रिय सल्लाहाकार सदस्यको रुपमा रहेका थिए । उनलाई भेट्न चार दिन अघि नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आएका थिए ।
गोरखा जिल्लामा १९८६ सालमा जन्मेका श्रेष्ठका तीन छोरा छन । हाल दुई जना अमेरिका र एक जना नेपालमा छन ।





















