चितवन / चितवनमा १ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा १४० र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरी १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
चितवनका सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ७५ जना रहेका छन्। यस्तै भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका र राप्ती नगरपालिकाका २–२ जना र माडी नगरपालिकाका एक जना रहेका छन् ।
यसैगरि नवलपरासी पूर्वका ९ जना, तनहुँ, लमजुङ, स्याङजा, बारा र मकवानपुरका एक / एक जना रहेका छन्। संक्रमण पुष्टि हुनेमा चितवनका १२९ जना ,चितवन बाहिरका १४ जना रहेका छन् ।
























