काठमाण्डौं / विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज बिहान टेकु दोभानमा अन्त्येष्टि गरिएको छ । उनको धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
शेर्पाको असोज ५ गते काठमाडौं स्थित छोरीको घरमा निधन भएको थियो । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरेका थिए ।
विना अक्सिजन १० पटक सम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथा आरोहणमा विश्व रेकर्ड बनाएका शेर्पा ‘हिउँ चितुवा’ उपनामले पनि चिनिन्छन् ।





















