बढेपछि जिम्मेवारी, प्रदेशिनु पर्यो ।
बन्धकीमा खेतबारी, प्रदेशिनु पर्यो।।
आँगनभरी साहुको ताती,निराशामा बा,।
थाम्न नसकेर,ॠणकोभारी,प्रदेशिनु पर्यो।।
भाविनिको खेलमापरी ,लालाबाला छोडि ।
आफ्नो कर्म आफै हारी , प्रदेशिनु पर्यो।।
डाँडा माथि घाम जस्तै, बुडा मातापिता ।
गाउँघर छोडी,बसाइँ सारी,प्रदेशिनु पयो।।
नजाउँ भन्दै,पाँउ पर्दै, जीवन संगिनीले ।
गहभरी, आँसु झारी , प्रदेशिनु पर्यो।।
भुमिराज तिमिल्सिना पुनर्जनम
रास्कोट २, कालिकोट





















