काठमाण्डौं / प्रेस काउन्सिलले चितवनका पत्रकार सुरेस चन्द्र अधिकारी सहित विभिन्न विधामा पत्रकारीता पुरस्कार प्रदान गर्यो । प्रेस काउन्सिल नेपालले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा प्रदान गरिने पुरस्कार घोषणा गरेको छ ।
काउन्सिलले ५१ औँ वार्षिकोत्सवका अवसरमा १ लाख ५१ हजार रुपैयाँ राशीको गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
१ लाख १० हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहरालाई प्रदान गरिने भएको छ । ५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई प्रदान गरिने काउन्सिलले जनाएको छ।
जनही २० हजार राशीको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) ले पाउने भएका छन् ।
१५ हजार राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु विक (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), फोटो पत्रकार राधिका कँडेल (कास्की) र शान्ता कमली (लमजुङ) लाई प्रदान गरिने काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार ओखलढुङ्गाका गणेश राईले पाउने भएका छन् । काउन्सिलले मङ्गलबार राष्ट्रपति कार्यालय शीतल निवासमा ५१ औँ वार्षिकउत्सव समारोह गरी पुरस्कार वितरण गर्ने जनाएको छ ।





















