चितवन / नेपाल क्रिकेट सङ्घ (क्यान) को कार्यसमितिका पदाधिकारीहरू भावी योजना तय गर्न छलफलका लागि चितवनमा जुट्ने भएका छन्।
क्यानको केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि चितवनमा सुरु हुने महासचिव अशोकनाथ प्याकुरेलले बताए। उनका अनुसार कार्यसमितिमा रहेका धेरै भन्दा धेरै पदाधिकारीलाई सहज रुपमा सहभागी गराउन चितवनमा क्यानको कार्य समिति बैठक डाकिएको हो।
कोरोना संकटका कारण विभिन्न खेलकुद गतिविधि ठप्प छ। यसबाट नेपाली क्रिकेट पनि अछुतो छैन । कोरोना महामारीबीच क्रिकेट गतिविधि सञ्चालन रणनीति यो बैठकले बनाउने बताइएको छ। कार्यसमिति बैठकमा क्यानको साधारणसभा, सन् २०२० का लागि खेलाडीसँगको सम्झौता, आर्थिक गतिविधि अनुमोदन तथा आगामी रणनीति लगायतका बिषयमा छलफल हुनेछ। क्यानको नयाँ कार्यसमिति आएपछि साधारणसभा समेत हुन सकेको छैन ।
यद्यपि यही असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाइएको छ। हाल क्यानमा ३९ जिल्ला आबद्ध छन्।





















