चितवन / चितवनमा भोलि सोमबार विहान २ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले चितवनमा विहान ७ देखि ९ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र, टाँडी वितरण केन्द्र र चनौली वितरण केन्द्रलाई पत्र पठाउँदै १३२/३३/११ केभि भरतपुर शव स्टेशन सटडाउन हुने जानकारी गराएको महाशाखाका प्रमुख विक्रम कुमार अमात्यले जानकारी दिए ।
त्यस्तै भरतपुर बसेनी स स भित्र १३२ केभि प्रशारण लाइन मर्मत संभार कार्य गर्ने भएकोले यस फिडरहरु बिहान ७ बजे देखि १२ बजेसम्म अबरुद्ध हुने कुरा भरतपुर वितरण केन्द्रले जानकारी गराएको छ ।























