चितवन / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान चितवनका पुराना वामपन्थी नेताद्वय जगतबहादुर श्रेष्ठ र खम्बसिंह कुँवरलाई भेट गरेका छन्।

शुक्रबार चितवन आएका अध्यक्ष दाहालले शनिबार दुई पुराना वामपन्थी नेतालाई निवासमै पुगेर भेट गरेका हुन्। अध्यक्ष दाहालले दुबै जनाको स्वास्थ्य अवस्था बुझेर थिए। केही दिनअघि घरमै लडेर गम्भीर बिरामी श्रेष्ठलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। टाउकोमा गम्भीर चोट लागेको कारण मस्तिष्कमा रगत जमेको भन्दै अस्पतालले थप उपचार सम्भव नभएको जनाएको थियो। अस्पतालबाट डिस्चार्ज गरेपछि श्रेष्ठलाई घरमै अक्सिजन दिएर राखिएको श्रेष्ठका छोरा सुधीर श्रेष्ठले बताए।
अध्यक्ष दाहालले श्रेष्ठले कम्युनिष्ट आन्दोलन र निष्ठा को राजनीतिमा खेलेको भूमिकाको चर्चा गर्दै उपचार र स्वास्थ्यमा विशेष ख्याल गर्न परिवारजनलाई आग्रह गरे।
अध्यक्ष प्रचण्डले शनिबार नै अर्का पुराना वामपन्थी नेता खम्बसिंह कुँवरको निवासमा पुगेर भेट गरेका थिए। लामो समयदेखि प्रोस्टेटको समस्यामा रहेका छन्। काजी बा उपनामले चर्चित कुँवरले तत्कालीन नेकपा ( माओवादी) ले जनयुद्ध संचालन गर्दा अध्यक्ष प्रचण्डको मुख्य रणनीतिक सल्लाहकारको भूमिका निभाएका थिए।
पार्टी एकतापछि बनेको नेकपाले सत्ता संचालनको मौका पाएर पनि जनताको पक्षमा ठोस काम गर्न नसकेको भन्ने नेता कुँवरले गरे। अध्यक्ष दाहालले बागमती प्रदेशका अध्यक्ष नारायणप्रसाद दाहाल, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल लगायतको उपस्थिति रहेको थियो। पारिवारिक भेटघाटमा शुक्रबार आएका अध्यक्ष दाहाल शनिबार काठमाडौँ फर्किएका हुन् ।





















