चितवन / कोरोना नियन्त्रणमा सक्रिय चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको जोखिमबाट नगरवासीलाई जोगाउन अहोरात्र खटिएका मेयर वनलाई नै कोरोना संक्रमण पुष्टि भएको हो ।
भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनको रिपोर्ट एक सातापछि आएको हो । मेयर वनले कोरोना सँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ मा स्वाब दिएका थिए ।
कहाँ र को बाट संक्रमण भयो थाहा छैन उनले भने मैदा मिल र टाँडी बजारमा फैलिएको कोरोना नियन्त्रणका क्रममा सरेको हुनुपर्छ । स्वाव दिने बेलामा उनीमा केही लक्षण देखिएको भएपनि अहिले उनको स्वस्थ्य अवस्था सामान्य रहेको छ । उनी एक साता अघि देखि घरमै बसिरहेका छन् ।





















