चितवन /आज शुक्रबार विहान नारायणगढ–मुग्लिन सडक खण्ड पनि अवरुद्ध भएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी र घुमाउनेको बीचमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । आज बिहान ५ बजेको समयमा खसेको पहिरो पन्छाउन चार/ पाँच घण्टा समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।
उक्त सडक खण्डका अन्य दुई /तीन ठाउँमा साना पहिरा खसेका थिए । ती पहिरा भने पन्छाईएको छ । उक्त सडक खण्डमा दैनिक जसो पहिरो गईरहेको छ ।
फाईल फोटो





















