काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गौतमलाई नियुक्त गरेकी राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले जानकारी दिए ।
राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।
यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । बुधबार मात्रै मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।





















