चितवन / भरतपुर महानगरपालिका–१३,चितवनको उजेली नगरकी असहाय प्यारालाइसिस रोगीबाट पीडित चन्द्रमाया सुनारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बखानपुर शारदानगरका अध्यक्ष रेशमराज गुरुङ, नेपाली कांग्रेस महासमिति सदस्य दिनेश कोइराला, चितवन–हङकङ सम्पर्क सामाजका सचिव विष्णु ढकाल, समाजका सल्लाहकारसमेत रहेका युवा समाजसेवी सोमप्रसाद भण्डारी, सामाजिक अभियन्ता बुद्धि विश्वकर्मा लगायत स्थानीयहरूको सहभागितामा सो सहयोग गरिएको हो ।
पीडित सुनार लाई प्यारालाइसिस औषधि उपचारमा केही राहत पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरिएको हो । सुनारलाई गुरुङले रु १० हजार, समाजले रु १० हजार र भण्डारीले रु ५ हजार गरी जम्मा रु २५ हजार सहयोग गरिएको हो ।
समाजले केही दिनअघि मात्र भरतपुर–२०, चन्द्रनगर निवासी मृगौला रोगीलाई रु ५० हजार, गुरुङले रु १० हजार र भरतपुर–२० किरणगञ्ज, रानीपोखरी निवासी मृगौला रोगी मीनबहादुर मिजारलाई समाजले रु १५ हजार र गुरुङले रु १० हजार सहयोग गरिएसकेको थियो ।
























