काठमाडौं / देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन्।
त्यस्तै पछिल्लो एक दिनमा ७ हजार २ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका गौतमले जानकारी दिए।
गत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका गरी ६ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका मात्रै ५ सय ५५ जना छन् । यस्तै, भक्तपुरका ८६ र ललितपुर जिल्लाका ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज मंगलबार देशभर १० हजार ३ सय ७५ पिसिआर परीक्षण भएका उनले बताए। त्यस्तै ७ हजार ६ सय ४० जना देशभर होम आइसोलेसनमा रहेका छन्।
त्यस्तै हाल देशभरका क्वारेन्टाइनमा ७ हजार २ सय ५० जना बसेका छन्। साथै हालसम्म ७१ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्।





















