धनुषा / धनुषा जिल्लाको सहिद नगरपालिका बालाबाखर स्थित सुरक्षित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जनकपुरधामको आयोजना र ज्ञान बर्दान ई.बो.स्कुल बालाबाखरको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा करिब ३२ जानाले रक्तदान गरेका छन ।
रक्तदान जिवनदान मुल नाराका साथ नेपाल लगायत विश्वभरी महामारिको रुपमा फैलिरहेको कोरोना भाईरसलाई मध्यनजर गर्दै रगत अभावका कारण कोही विरामीले पनि ज्यान गुमाउन नपरोस, मृत्यूको कारण रगत नबनोस भन्ने मुल उदेश्यका साथ सामाजिक दुरी कायमगरी सुरक्षित तवरले रक्तदान कार्यक्रम सम्पन्न गरेको ज्ञान बर्दान ई.बो.स्कलका प्रिन्सीपल गणेश कुमार यादवले जनकारी दिनुभयो ।
प्रिन्सीपल यादवका अनुसार यस्तो प्रकारको कार्यक्रम यस नगरपालिकामा पहिलो चोटी भएको र हामी समय समयमा यसको निरन्तरता राख्ने प्रतिबद्धता जनाउनु भएको थियो । सुरक्षित रक्तदान कार्यक्रममा प्रमुख अतिथीका रुपमा सहभागी सहिद नगरपालिका वडानम्बर १ का वडाअध्यक्ष तेजी लाल यादवका अनुसार अनुसार रक्तदान जिवन दान गरे वरावर हो त्यसैले यस्तो प्रकारको कार्यक्रम ठाउँठाउँमा रहेका विभिन्न कल्ब, संघसंस्था समय समयमा संचालन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
ज्ञान बर्दान ई.बो.स्कुलका संस्थापक झगरु यादवको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा सरोज कुमार यादव, सुजित कुमार यादव, रिसव कुमार यादव, विनय यादव र पुलकित साद लगायतका व्यक्तिहरुले रक्तदान गरेका थिए ।





















