काठमाण्डौ / आगामी असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान र लमो दूरीका यातायात पनि सञ्चालनमा आउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि सबै सार्वजनिक यातायात र आन्तरिक हवाई उडान संचालन गर्न दिने निर्णय गरेको हो । यसबारेको गृहकार्य सम्बन्धित विभागीय मन्त्रालयले गर्ने बताइएको छ ।
अन्तर्राष्ट्रिय हवाई उडान र छोटो दूरीका सवारी साधन सञ्चालन भएपनि संक्रमण बढेको भन्दै सरकारले हवाई उडान र लामो दूरीका सवारी साधन सञ्चालन गरेको थिएन । जसका कारण जनता अनेक समस्या भोग्दै आएका छन् ।





















