कलिला मस्तिष्कले उब्जाएको हरेक
सपनाहरुको खात जलाएको थिएँ
खेलाउना र रमाइलोमा भुल्ने बेला
जिम्मेवारीले हात जलाएको थिएँ ।
रङ्गीचङ्गी देखिन्थियो देख्न त जिन्दगी
तर उदास मनले हाँसी रहेको थियो
वारम्वार मर भन्थ्यो मस्तिष्कले तर
मनमा झिनो आसा बाँची रहेको थियो।।
नदेखिने नबोल्ने त्यो भगवानलाई कति
पश्न सोधेको थिएँ, उत्तर आउँदै आएन
दिन वित्यो,महिना बित्यो,वर्ष वित्यो तर
यो मनमा कहिल्यै खुसी छाउँदै छाएन।।।
त्यो हुलमा खाली पैलाता दौडदा,पैताला
भन्दा पनि मन चसक्क दुखी रहेको थियो
हार्न नजानेको मान्छे म तर जिन्दगीले हराइ
दिए पनि झिनो आशा लुकी रहेको थियो।।।।
त्यसैले जिन्दगी आज रहरले चलेको छ
या कहरले तर बेजोडले चलिरहेको छ
चल्ने आशा नभएको जिन्दगीमा मधुर
दियो धिपधिप गरि जसोतसो बलिरहेको छ।।।।।
























