चितवन / वीपी कोईरालाको १ सय ७ औं जयन्तीको अबसरमा नेपाल बिद्यार्थी संघ सप्तगण्डकी वहुमुखी क्याम्पसले बेवारिसे व्यवस्थापन तथा पुनः जीवन केन्द्र मार्फत वेसाहारा भोकाहरुलाई नारायणी किनारमा निःशुल्क खाना खुवाएको छ ।
वीपीले भोकाहरुले एक छाक खान दुख गर्नु नपरोस भन्ने भावना व्यक्त गर्नु भएको भन्दै नेबिसंघले वेसाहाराहरु खाना खुवाएको हो । नेबिसंघका नेताहरु कल्पना पौडेल, सरोज रेग्मी, परमेश्वर खनाल , निरज अग्रवालको उपस्थितिमा वेसाहाराहरुलाई खाना खुवाईको नेविसंघ ईकाई सचिब साजन गुरुङ्ले जनाकारी दिनुभयो ।
सो अबसमार बोल्ने बिद्यार्थी नेताहरुले कोरोना सङ्क्रमणका कारण सृजित अहिलेको अबस्थामा सबैले सहयोग गर्नु आबश्यक रहेको बताएका थिए ।
नेबिसंघ ईकाई अध्यक्ष राजेश भूषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तरुणदल जिल्ला सचिब प्रल्हाद उप्रेती जिल्ला सदस्यहरु नगेन्द्र पौडेल, दिपक शर्मा पौडेले, नेबिसंघ बिद्यार्थी नेताहरु कृष्ण वगाले, प्रनिसा गुरुङ, ईश्वर श्रेष्ठ, अनुप कोईराला, कृष्ण सापकोटा, भूवन सापकोटा, सुपथ घिमिरे, राजेश पौडेल, रञ्जन न्यौपाने, निसान पौडेल, शुशिल कोईराला, वसन्त गैरे, सागर सुवेदी, काशिराम चालिसे, प्रकाश लामिछाने, ओमकार सापाकोट लगायतको उपस्थिति रहेको थियो ।





















